कास्कीमा मिटरब्याजीविरुद्ध २१ पीडितको उजुरी
पाेखरा | भदौ ८, २०७९
मिटरब्याजी आरोपितविरुद्ध कास्कीमा २१ जना विरुद्ध पीडितले उजुरी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा २१ जना पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।
सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका २१ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।
सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन आग्रह गरेपनि मिटरब्याजी विरुद्ध आगामी दिनमासमेत उजुरी दिन सकिने प्रशासकीय अधिकृत रेग्मीले स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सुुचना अधिकारी शिवप्रसाद रिजालले आउनुपर्ने उजुरी अझै आउन नसकेको बताए ।
‘जिल्लामा जुन किसिमको उजुरी आउनुुपर्ने हो त्यो आएन, सुनगाभा न्यूजसँग सुचना अधिकारी रिजालले भने, ‘पीडितहरु उजुरी दिन अलमल परे कि खै के भो । कि सुचना उनीहरुमाझ पुग्न नसकेर हो वा अलमलमा परेर हो उजुरी कम आएको छ ।’
‘कतिपयले रिसिइवीका कारण आफै चेक बाउन्स गरेर पनि प्रशासनमा उजुरी दर्ता गरेका छन्, उनले भने, ‘जति पनि उजरी दर्ता भएका छन् । उनीहरुलाई राखेर हामीले छानबिन गछौँ ।’
जिल्लामा उजुरी दर्ता भएका मिटरब्याजी आरोपीहरुको बारेमा प्रशासकीय अधिकृतले नाम खुलाउन भने चाहेनन् । मिटरब्याजी पिडितहरुलाई उजुरी दिन प्रशासनले साउन २८ गते सुचना प्रकाशन गरेको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

